२० हजार घुस सहित अख्तियारको फन्दामा दुई प्रहरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा नेपाल प्रहरीका दुईजना प्रहरी परेका छन्। महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झा २० हजार घुस सहित अख्तियारको फन्दामा परेका हुन् ।

बिज्ञापन

जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । दुबैजनालाई गैरी टोलबाट नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

बिज्ञापन

स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतमा छलफल गराइदिने भनी उनीहरुले ३०÷४० हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीले अख्तियारमा दिएको पूर्व उजुरीको आधारमा पछ्याएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबै जनामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

यता प्राविधिक सचिवको दरबन्दी कटौती,उता काटियो प्रशासनको

सुदूरपश्चिम शयरमा मन्त्री रावल : सुन्नेछिन सहकारीदेखि भूमिहीनका समस्या

बिशेष