अर्थ व्यवस्थामा केही सुधार देखिएको छ:- अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएको बताएका छन् ।

बिज्ञापन

राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरु र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचांकहरु सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो भएको बताए ।
उनले भने, ‘पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएका छन् । अर्थतन्त्रका सूचांकहरु सकरात्मक लयमा आउन लागेको देखिएको छ । गत वर्षको तुलनामा आयात ७।१ प्रतिशत र निर्यात ३१।८ प्रतिशत र निक्षेप संकलन ३।७ र नीजि क्षेत्रमा प्रभावित कर्जा ५।२ प्रतिशत, राजस्व संकलन १२।७ र खर्चमा १७।८ प्रतिशतले वृद्धि भएको तथ्यांकले बजार चलायमान भएको नै संकेत देखिएको छ । यो धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो संकेत हो ।’
यसको साथै, उनले आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सँधै साथमा रहने विश्वास व्यक्त गरेका छन् ।

बिज्ञापन

उनले भने, ‘आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्छ । राजस्व अनुसन्धान विभागको भूमिका यसमा थप सन्तुलित र समन्वयकारी हुनुपर्ने हाम्रो धारणा छ । यसमा उद्योग वाणिज्य महासंघ सदैव तपाईहरुको साथमा रहने विश्वास समेत दिलाउन चाहन्छु ।’

नीजि क्षेत्रको लगानीलाई प्रमोट गर्न र सक्रिय रुपमा अगाडि बढाउन सकेन भने परिणाम राम्रो नआउने पनि उनको भनाई छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष