अर्थ व्यवस्थामा केही सुधार देखिएको छ:- अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएको बताएका छन् ।

बिज्ञापन

राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरु र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचांकहरु सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो भएको बताए ।
उनले भने, ‘पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएका छन् । अर्थतन्त्रका सूचांकहरु सकरात्मक लयमा आउन लागेको देखिएको छ । गत वर्षको तुलनामा आयात ७।१ प्रतिशत र निर्यात ३१।८ प्रतिशत र निक्षेप संकलन ३।७ र नीजि क्षेत्रमा प्रभावित कर्जा ५।२ प्रतिशत, राजस्व संकलन १२।७ र खर्चमा १७।८ प्रतिशतले वृद्धि भएको तथ्यांकले बजार चलायमान भएको नै संकेत देखिएको छ । यो धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो संकेत हो ।’
यसको साथै, उनले आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सँधै साथमा रहने विश्वास व्यक्त गरेका छन् ।

बिज्ञापन

उनले भने, ‘आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्छ । राजस्व अनुसन्धान विभागको भूमिका यसमा थप सन्तुलित र समन्वयकारी हुनुपर्ने हाम्रो धारणा छ । यसमा उद्योग वाणिज्य महासंघ सदैव तपाईहरुको साथमा रहने विश्वास समेत दिलाउन चाहन्छु ।’

नीजि क्षेत्रको लगानीलाई प्रमोट गर्न र सक्रिय रुपमा अगाडि बढाउन सकेन भने परिणाम राम्रो नआउने पनि उनको भनाई छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सांसद प्रेम सुवालको आग्रह : निजामती सेवामा ट्रेड युनियन निषेध गरियोस्

प्रभु शाहले संसदमा निजामती सेवा विधेयक च्यात्दै निस्किए

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, संघीयता कार्यान्वयनमा नयाँ ढोका खुल्ने

संघीय निजामती सेवा विधेयकमाथि संसदमा बहस सुरु, आइतबारकै बैठकबाट पारित गर्ने तयारी

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

बिशेष