हालै मात्र डीएसपीबाट एसपीमा उक्लिएका ३७ अधिकृतको पदस्थापन गरिएको छ । पदस्थापन गरिँदा यस अघि दुई जना मात्र एसपीको दरबन्दी रहेको अपराध अनुसन्धानमा थप एक जना खटाइएको छ भने काठमाडौंमा परिसरमा एक जनामात्र एसपीको दरबन्दी रहेकोमा थप अर्काे एक एसपीलाई पदस्थापन गरेको छ हेर्डक्वार्टरले ।
बिज्ञापन
आइजीपी बसन्त कुँवरको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले बढुवा भएका एसपीहरूलाई प्रचलित नियमअनुसार तलब भत्ता पाउने गरी पदस्थापन गरेको हो । सूची अनुसार,र लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा दाङमा पदस्थापन भएका एसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज गरिएको छ ।
बिज्ञापन
सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल तथा दानबहादुर थापाको प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा पदस्थापन भएको छ । यस्तै लालध्वज सुवेदीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन भएको छ ।
पदस्थापन पछि अब जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप एसपी खटाएको छ। यसअघि यहाँ एक जना मात्र एसपी रहँदै आएका थिए । अहिले त्यहाँ अपिलराज बोहरालाई खटाइएकोमा हिजो भएको पदस्थापन सूची अनुसार एसपी कुलदीप चन्दलाई पनि काजमा खटाइने भएको हो। पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। तर उनलाई काजमा जिल्ला प्रहरी परिसर काठमाडौँमा खटाइएको छ ।
यस्तै अपराध अनुसन्धान कार्यालयमा एसपी मनोहर प्रसाद भट्टलाई पदस्थापन गरिएको छ । यस अघि त्यहाँ काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन्।