देशकै नामुद कहलिएका तस्कर मदन गुप्ता ऊर्फ रुन्चेको गोदामबाट सशस्त्र प्रहरीले सोमबार बिहान छापामारी गरेर ५० लाख भन्दा बढीको तस्करीको कपडा र हार्डवेयरको सामान बरामद गरेको छ ।
बिज्ञापन
प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटेको टोलीले वीगञ्जको आदर्शनगरस्थित जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) को गोदामबाट २९ पोका कपडा र हार्डवेयरको सामान बरामद गरेको भएता पनि वीरगञ्ज भन्सार कार्यालयमा सामान दाखिला गर्दा सामान कहाँबाट र कसकोबाट आएको भनी केही उल्लेख गरिएको छैन ।
जबकि छापामारी गर्दा साक्षी किनाराको लागि वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा सन्दीप पराजुलीसहित ४ जनाको टोली त्यही उपस्थित थियो ।
गत चैत महिनामा जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) मा २० लाख बराबरको तस्करीको सामान बरामद गरी तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले सो तस्करीको सामान मदन गुप्ता ऊर्फ रुन्चेको भएको प्रहरी प्रतिवेदन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको भएता पनि उनी माथि कारबाही भएन ।
बिज्ञापन
एक महिना नबित्दै गत वैशाखमा तत्कालीन सिमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्व खटेको टोलीले ६६ लाखको कपडा, काजु, स्टिलका भाँडावर्तन, ग्याँस चुल्हा, लहँगा , सर्टिङ्ग सुटिङ्ग लगायतका सामान जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट)बाट बरामद गरेर वीरगञ्ज भन्सारमा दाखिला गराउँदा पनि मदन गुप्ता ऊर्फ रुन्चेमाथि कुनै कारबाही भएन ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीसँग ‘तपाईले पठाएको सूचनामा कसबाट र कहाँबाट सामान बरामद भएको हो ? किन उल्लेख गरिएन ?’ भन्ने प्रश्नमा उनले सामान पक्राउ गर्दा कोही पनि दाबी गर्न नआएकाले सामान भन्सारमा बुझाएको र अब विस्तृत अनुसन्धान र कारबाही गर्ने काम वीरगञ्ज भन्सारको भएको बताए ।
मदन गुप्ता ऊर्फ रुन्चे वीरगञ्ज भन्सार कार्यालयका घुसखोर कर्मचारीहरुका प्यारा भएकोले हालसम्म उनीमाथि भन्सार कार्यालयले कुनै किसिमको कारबाही आगाडि नबढाएको एक कर्मचारीले बताए ।
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को ‘ग्रीन च्यानल’ मार्फत तस्करी भइरहेको खुलासा भएको छ । तस्करी भइरहेको खुलासा वीरगञ्ज भन्सार कार्यालयमै आयोजित एक कार्यक्रममा वक्ताहरुले गरेका हुन् । प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधन सम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आईसीपीका कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको बताएका थिए । उनीहरूले तेस्रो मुलुकबाट कम भन्सार महसुल भएका सामानको बदलामा महँगा सामान भित्र्याउने कार्य भइरहेको र यसलाई रोक्न कानून संशोधन आवश्यक रहेको सुझाव दिएका छन् । साथै ‘ग्रीन च्यानल’ बाट जाने सामानहरूको पनि सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधन सम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आईसीपीका कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको बताएका थिए । उनीहरूले तेस्रो मुलुकबाट कम भन्सार महसुल भएका सामानको बदलामा महँगा सामान भित्र्याउने कार्य भइरहेको र यसलाई रोक्न कानून संशोधन आवश्यक रहेको सुझाव दिएका छन् । साथै ‘ग्रीन च्यानल’ बाट जाने सामानहरूको पनि सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राज्यको नीतिका कारण तस्करी मौलाउँदै गएको आरोप लगाउँदै उपभोग्य वस्तुमा धेरै भन्सार लगाउँदा ती वस्तुहरू गलत बाटोबाट आउने गरेको बता ए।
वीरगञ्ज भन्सार कार्यालय आईसीपीले गत श्रावणदेखि पुसको महिनासम्म वार्षिक लक्ष्यको जम्मा ३६.५६ प्रतिशत राजस्व संकलन गरेको छ । यो अवधिका लागि १ खर्ब ४ अर्ब १८ करोड २९ लाख राजस्व संकलनको लक्ष्य राखेको भए पनि ८० अर्ब ५ करोड ५१ लाख मात्र संकलन हुन सकेको छ । वीरगञ्ज भन्सार कार्यालयमा आउने हाकिमहरु प्रायः शक्तिकेन्द्रको आशीर्वाद प्राप्त गरेर आउने भएकोले उनीहरुले सरकारी राजस्व भन्दा व्यक्तिगत असुलीमा बढी ध्यान दिने गरेकोले विगत केही वर्ष देखि वीरगञ्ज भन्सारले लक्ष्य भेटाउन सकेको छैन ।
वीरगञ्ज भन्सार कार्यालय आईसीपीका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक आएदेखि भन्सारले लक्ष्य भेटाउन सकेको छैन । पाठकले मन पर्ने व्यापारीको एच.एस कोड परिवर्तन गरी छुट दिने र मन नपरेको व्यापारीलाई दुःख दिने गरेको व्यापारीहरुको आरोप छ । पाठकको टोलीमा अधिकृतहरु दिब्यरञ्जन दाहाल, माधव भण्डारी, प्रकाश निरौला र दीपेन्द्र चौरसिया, नासु हरिबोल काफ्ले, सुवर्ण पौडेल र भोजराज रेग्मी रहेका छन् । वीरगञ्ज भन्सार कार्यालयमा दामोदर राठी,राजकुमार मोदी,कमल टिब्रेवाल,प्रमोद जैन, राजभक्त श्रेष्ठ र नन्द किशोर मल्ल लगायतका भन्सार एजेण्टहरुको सधैंभरि बर्चस्व रहदै आएको छ । एजेण्टहरुले छोटो अवधिमा अकुत सम्पति आर्जन गरेका छन् ।
पाठकले आफू निकटका जाँचकीहरुलाई अगाडि सारेर सेटिङ गरेर राजश्व मारेर खल्ती भर्ने अनि सामानको मूल्याङ्कनमा पक्षपात गर्ने गरेका व्यापारीहरुका आरोप छ। साथै कार्यालयको तल्लो तहको कर्मचारीलाई समेत काम गर्न नदिइ सबैकाममा आफैले हस्तक्षेप गरेको कर्मचारीहरुको गुनासो छ।
पहिले मेची भन्सार बसेर अनेकौ कर्तुत गर्दै आर्थिक उपार्जन गरेका रामप्रसाद पाठक नजराना चढाएकै भरमा रसुवाबाट बिरगंज भन्सार पुगेको उनका निकटबर्ती बताउँछन् । पैसा भएपछि जहाँ पनि पुग्न सकिन्छ भन्दै व्यपारिबाट अतिरिक्त उपार्जन गर्न सकिन्छ भन्दै हाकाहाकी साथीभाईलाई भन्ने कर्मचारी हुन् पाठक । मेची भन्सारमा हुँदै तस्करीका सामान छुटाउन सहयोग गर्ने पाठक रसुवामा धेरै बदनाम भएका थिए ।
पाठक रसुवा नाकाका प्रमुख बनेर आएपछि नै उनको कार्यशैली राम्रो नभएको भन्दै व्यवसायीले कारोवार नै वन्द गरेका थिए ।
उक्त भन्सार कार्यालयबाट सन्तोषजनक काम नभएको चर्चा त्यतिवेला सिंहदरबारस्थित अर्थमन्त्रालयमा समेत हुने गरेको थियो । पाठकको कार्यशैलीबाट कर्मचारीहरु पनि खुशी थिएनन् । माओवादी अध्यक्ष पुष्पकलम दाहालकी छोरी गंगा दाहालले भन्ने बित्तिक्कै जे गर्न नि तयार हुने उनको शैलीले सवै आतंकित थिए । माओवादी वाहेकका व्यपारीका सामानमा गिद्धे नजर लाएका कारण व्यवसायीहरुले झण्डै हात हालेका थिए ।
तत्कालिन अर्थमन्त्री डाक्टर रामशरण महतले लेनादेनाका आधारमा रसुवा भन्सार प्रमुख बनाएका हुन् । रसुवा रहँदा प्रमुख पाठकले माओवादीका सांसद माधव सापकोटाका व्यापारिक पार्टनर इश्वर गुभाजुको सामान यार्डमै खोलेर मिलाइदिएको, प्रतिकन्टेनर ५० हजारका दरले असुलउपर गरेको, क्यारिङवालासँग मिलेर अर्थमन्त्रीलाई पैसा बुझाउनुपर्छ भन्दै उठाइरहेको बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरमा ल्याएको थियो ।
केपी ओली सरकार आएपछि पछिल्लो सरुवामा राम्रो अवसर पाउनेमा उनै रामप्रसाद पाठक छन् । उनी आकर्षक मानिने रसुवा भन्सारबाट अर्को आकर्षणको थलो वीरगञ्ज भन्सार पुगेका छन् । रसुवा भन्सारमा १६ महिना बसेपछि उनी वीरगञ्ज पुगेका हुन् ।
भारतीय नागरिकसँगको मिलेमतोमा हुण्डीको समेत कारोबार गर्दै आएका गुप्तालाई प्रहरीले २ वर्षअघि नै पक्राउ गरेको थियो । गुप्ता भारतीय नागरिक भएपनि उनले २०६३ सालमा नेपालको नागरिकता समेत लिएका छन् ।
उनी भारतबाट तस्करी गरेर भित्र्याइएका लत्ताकपडा, हार्डवयर र मोटरपार्टस लगायतको सामान प्रहरी भंसारकै कर्मचारीको मिलेमतोमा नेपालमा कारोबार गर्दै आएका छन् ।



































