मानव बेचबिखनमा संलग्न चार जना पक्राउ

पर्सा । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मिरा कुमारी महतो छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले २ जना महिलाको उद्धार समेत गरेको छ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

पालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी

बिशेष