बीमा प्राधिकरणको आयोजनामा कलैया उपमहानगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

नेपाल बीमा प्राधिकरणको आयोजनामा बारा जिल्लाको कलैया उपमहानगरपालिकामा बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

आइतबार भएको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गरे ।

बिज्ञापन

अध्यक्ष सिलवालले भने,“सरकारले राष्ट्रिय बीमा नीति ल्याएको छ, अब स्थानीय तहले पनि बीमाको विकास एवम् विस्तारका लागि बीमा नीति ल्याउनु आवश्यक छ, त्यसका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।”

कलैया उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बीमाको विकास र विस्तारका लागि उपमहानगरपालिकाले स्वास्थ्य र कृषि तथा पशुपन्छी बीमालाई समावेश गरेर बीमा सम्बन्धी कार्यविधि बनाएको जानकारी दिनुहुँदै घर बीमालाई समेत कार्यविधिमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बिज्ञापन

कार्यक्रममा सहभागीहरूले बीमा गरेको, बीमाशुल्क तिरेको तथा नवीकरण गर्नुपर्ने मिति लगायतका बारेमा डिजिटल प्रविधि मार्फत बीमितलाई जानकारी दिने व्यवस्था बीमा कम्पनीले गर्नुपर्ने, कम्पनीका शाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा दाबी भुक्तानी सहज एवम् सरल हुनुपर्ने, बीमा सम्बन्धी प्रचार प्रसारलाई व्यापकता दिनुपर्ने लगायतका धारणा राखेका थिए ।

उक्त कार्यक्रममा कलैया उपमहागरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

आठ बर्षपछि कसले पाउँदैछन् सर्वाेत्कृष्ट पुरस्कार ?

२० सामाजिक सञ्जालले वुझाए ९३ करोड कर

६१ स्थानीय तह अझैं बजेट बिहिन,४० पालिका मधेश प्रदेशकै

संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्दछ : मन्त्री न्यौपाने

काठमाडौंका नदी किनार नक्कली सुकुम्बासीको कब्जामा, यी हुन पहिचान भएका ४५ हुकुम्बासी

बिशेष