दिल पौडेलका केही हाइकुहरु

(१) पत्थरे छाती
घरायसी कचिङगल
धनसम्पत्ति ।
(२)खाल्टोमा छुरा
विभत्स झ्यालढोका
रक्स्याहा हिरा ।
(३) ढॅोगी समाज
रुढीवादी भुमरी
स्वॅाठ मगज ।
(४)धर्ती जननी
दाइजो कसिङगर
गाई दुहुनी ।
(५) पुर्ख्यौली रूढी
सॅाढेसॅाढी गौदान
सॅस्कृति ढॅुडी ।
(६) धर्मका झन्डा
पुराणे कर्मकान्ड
काट्टो र पिण्ड ।
(७) वस्त्र भूदान
पण्डित गूरू स्वर्गमा
क्रुर शासन ।
(८) धर्म सॅस्कार
काजक्रिया मुखुन्डो
हुन्न – ईश्वर ।

बिज्ञापन

(९)कुन्डमा नाग

बिज्ञापन

अग्नीकाण्ड जङगल

चन्दनबारी ।

बिज्ञापन
(१०)भीरपहिरो
छङछङ छहरा
बटुवा घाम ।
(११) ढुङगाका घर
सिॅगाने छोराछोरी
झिॅगा आँगन
(१२) निगुरा मुन्टा
नागवेली बाटोमा
शङकालु थुम्को ।
(१३)रिठ्ठो अजिङगर
सॅसारै बनमारा
छट्टु बॅादर ।
१४) औंसीका रात
शहीदका सपना
हिऊॅ प्रपात ।
१५) तादीका फॅाट
पाटीपौवा पुराना
नदी दोहन ।
१६) रातो आकाश
प्रकृतिका श्रीखण्ड
खुर्पा सकस ।
१७) गिद्ध जवान
सुनचॉदी भुषण
तीर्थ प्रस्थान ।
१८) आगो खरानी
बिदेशिए सन्तान
नेता हरामी ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष