माघ २७ मा पर्व,फागुन २८ मा बिदा

जात्रा पनि कस्तो भने पर्व महिना दिन अगाडि नै मनाइसकिएको छ तर सरकारले महिना दिन पछि सार्वजनिक बिदा दिन्छ ।यस्तो रमिता देखिएको हो,आज सार्वजनिक बिदा मनाइएको ग्याल्पो ल्होसार पर्वमा । खासगरी शेर्पा समूदायको पर्व हो ग्याल्पो ल्होसार । यो पर्व शेर्पा समूदायले धुमधामका साथ गत महिना मनाइसकेका छन् । तर सरकारले आज देशभरका सार्वजनिक निकायमा सार्वजनिक बिदा दिएको छ ।

बिज्ञापन

शेर्पा समुदायले पर्व ग्याल्पो ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिइए पनि शेर्पा समूदायले महिना दिन अगाडि नै यो पर्व मनाइसकेको जनाएका छन् ।

बिज्ञापन

पञ्चांक निर्णयक समितिको कमजोरीका कारण यस्तो स्थिति बनेको हो । नेपाल शेर्पा संघले यही माघ २७ गते नै ग्याल्पो ल्होसार पर्व मनाइसकेको जनाउँदै विगतमा भोटचन्द्र पात्रो अनुसार सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर सोही तिथी मिति अनुसार पात्रो निर्माण गर्न अनुरोध गरेको भए पनि सुधार हुन नसकेको जनाइएको छ ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महाप्रवन्धकको नियुक्ति प्रक्रिया रोक्न सर्वाेच्चको अन्तरिम आदेश

मन्त्रिपरिषद्का तीन निर्णय : राष्ट्रपतिको जापान भ्रमण स्वीकृत, प्रहरीको भत्ता बढ्यो

अन्तर्राष्ट्रिय सम्बन्धमा आधुनिक साम्राज्यवाद र शक्ति राजनीति

नेपाल प्रहरीका लागि रासन सुविधा वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

इन्जिनियर,शाखा-लेखा अधिकृत,निर्देशक,उपकुलपतिसम्म १९ विरुद्ध भ्रष्टाचार मुद्धा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरु

अर्थका परिपत्रले रोकिएका विकास बजेट धमाधम फुकुवा : शहरीकै २० अर्ब ‘रिलिज’

जापान कामदार पठाउँदा सरकारी कर्मचारी संग्लग्न एनजिओको सिण्डिकेट,सर्वाेच्चको झड्का

बिशेष