चन्द्रागिरिका वडाध्यक्ष भ्रष्टाचारी ठहर:- ६ महिना कैद र चार लाख जरिवाना

चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

बिज्ञापन

ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्नका लागि घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग थियो। उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो।
कडायत सेवाग्राहीसँग दुई लाख नगद लिइसकेको तथा बाँकी दुई लाखको चेक आफ्नो नाममा लिइसकेको अवस्थामा पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै जाँदा उक्त रकम वडाध्यक्ष तामाङले मागेको पुष्टि भएको थियो।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रतिवादी बनाई गत २० असारमा मुद्दा दायर गरेको थियो ।विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष