अधिकृतस्तरका ३१७ कर्मचारी बढुवा हुँदा ५१८ को सरुवा,स्थायी नियुक्ति लिने १७६ जना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो तीन महिनामा अधिकृतस्तरका ३१७ कर्मचारी बढुवा गरेको जनाएको छ । मन्त्रालयले उपसचिव बाट सहसचिव तहमा ८४ जना कर्मचारीलाई बढुवा गर्दा शाखा अधिकृतबाट उपसचिव तहमा २३३ जनालाई बढुवा सिफारिस गरिएको जनाएको छ । मन्त्रालयले जेष्ठता तथा कार्यसम्पादन मूंल्याकनद्धारा हुने बढुवाका आधारमा ४७ र कार्यक्षमता मुल्याकनका आधारमा हुने बढुवाबाट ३७ गरी ८४ जना उपसचिवलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

यस्तै बढुवा सिफारिस समितिले २३३ जना अधिकृतलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको विभिन्न समयमा भएको बैठकका आधारमा कार्यक्षमता,कार्यसम्पादन र जेष्ठताका आधारमा ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । जसमा कार्यक्षमताका आधारमा ११५ र जेष्ठता तथा कार्यसम्पादन मुंल्याकनका आधारमा ११८ जना बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यही अवधिमा मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले ५० उपसचिव,१७५ शाखा अधिकृत,नासु र खरदार तहका ३३ कर्मचारीलाई सरुवा,कामकाज तथा पदस्थापन गरेको जनाएको छ भने ४५ जनालाई आर्थिक र प्रशासनिक जिम्मेवारी दिएर खटाएको मन्त्रालयले जनाएको छ । यस्तै संघीय तथा प्रादेशिक कर्मचारी शाखाले यो बीचमा ५३ सहसचिव,५४ उपसचिव,शाखा अधिकृत १८६ जनाको सरुवा गरेको छ । मन्त्रालयले पछिल्लो तीन महिनामा अधिकृत स्तरका ५१८ जना कर्मचारीको सरुवा गर्दा राजपत्र अनंकित र श्रेणीविहिन ३६५ कर्मचारीको सरुवा गरेको जनाएको छ । यस्तै यही अवधिमा राजपत्राकित १७६ जनाले स्थायी नियुक्ति पाएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष