निमित्तकै भरमा २४६ स्थानीय तह

निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज हटाउने भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जति खोके पनि र कार्यदल बनाए पनि कार्यन्वयनमा उस्तै ताल देखिन्छ । कुनै समय तीन सय भन्दा बढीको संख्यामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज रहेकोमा अझैं साढे दुई सय भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

बिज्ञापन

संघीयता कार्यन्वयन पछि भन्न थालियो सिंहदरबारको अधिकार गाउँ गाउँमा । तर यर्थाथ चाहिँ सिंहदरबारभित्रको भ्रष्टचार चाहिँ गाउँ गाउँमा पुग्न थालेको छ । महालेखा परीक्षक कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने अहिले सबैभन्दा बढी विकृती र भ्रष्टाचार कहिँ छ भने स्थानीय तहमा ।

बिज्ञापन

केन्द्रले खटाएका प्रशासकीय अधिकृतलाई अनेकन नाममा लखेट्ने र निमित्त दिएर लुट्ने धन्दा अहिले स्थानीय तहमा चलिरहेको छ । सामान्य प्रशासनकै तथ्यांक अनुसार अहिले मुलुकभरका एक तिहाई अर्थात २४६ पालिका निमित्तकै भरमा चलिरहेका छन् । जसमा सबैभन्दा धेरै नगरपालिकामा निमित्तको राज छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर खटिनुपर्ने १२६ नगरपालिकामा अधिकृत हाकिम छन्,ती पनि कोही शिक्षा,कोही लेखातिरका । यस्तै १११ गाउँपालिकामा निमित्तकै शासन चलिरहेको छ भने सहसचिवको दरबन्दी रहेको ९ वटा उपमहानगरपालिकाको हाल उस्तै छ ।
निमित्तको खेतीपाती सबैभन्दा बढी मधेश प्रदेशमा बढी देखिन्छ । मधेशका तीन उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त हाकिम छन् ।

बिज्ञापन

यी स्थानीय तहमा कतै आयुर्वेदको कविराजले निमित्त चलाइरहेका छन् त कतै शिक्षा र स्वास्थ्यका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको भेटिन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष