रवि लामिछानेसँग रूपन्देही अदालतले माग्यो १ करोड धरौटी

सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

बिज्ञापन

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमित तरिकाले चलाएको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेको थियो।

बिज्ञापन

त्यसैका आधारमा जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरूको न्याय प्रभावित हुने भन्दै उनलाई थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए।

बिज्ञापन

तर, लामिछाने पक्षका वकिलहरूले यो मुद्दालाई राज्यले प्रतिशोध साँध्ने माध्यम बनाएको तर्क गर्दै धरौटीमा रिहा गर्न माग गरेका थिए।

यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्ने निर्णय गरेको थियो।

अनुसन्धानमा के भेटियो?

सरकारी वकिल कार्यालयले पेश गरेको अभियोग पत्रअनुसार, लामिछानेले सहकारीको रकम फिर्ता गर्न प्रयोग गरेको चेकमा उनको हस्ताक्षर रहेको पाइएको छ।

त्यस्तै, उनकी श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुठो विवरण प्रस्तुत गरेर कम्पनी स्वामित्व हस्तान्तरण गरिएको लगायतका प्रमाणहरूका आधारमा उनी सहकारी ठगी प्रकरणमा संलग्न रहेको सरकारी वकिलको दाबी रहेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तहमा खटाइएका २४ हाकिम बाटैबाट फिर्ता,१७९ ले सिंहदरबार छाड्नै मानेनन

लोक सेवा तयारीमा रणनीति, अनुशासन र मनोबल नै सफलता सूत्र: उपसचिव खगेन्द्र बर्देवा

७ उपसचिव र ५ शाखा अधिकृतको सरुवा : स्थानीय तहबाट ९ मन्त्रालयमा,२ लाई अन्तरपालिका

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

बिशेष