बैदेशिक रोजगारी ठगीमा संलग्न तीन पक्राउ

काठमाडौं, १० माघ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका–१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका(८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।

बिज्ञापन

 

प्रहरीका अनुसार पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

 

प्रहरीका अनुसार समुन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका–९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

आठ बर्षपछि कसले पाउँदैछन् सर्वाेत्कृष्ट पुरस्कार ?

२० सामाजिक सञ्जालले वुझाए ९३ करोड कर

६१ स्थानीय तह अझैं बजेट बिहिन,४० पालिका मधेश प्रदेशकै

संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्दछ : मन्त्री न्यौपाने

काठमाडौंका नदी किनार नक्कली सुकुम्बासीको कब्जामा, यी हुन पहिचान भएका ४५ हुकुम्बासी

बिशेष