राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा पोखरेल नियुक्त

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो । उक्त प्राधिकरणको अध्यक्षका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, कानून वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकारको राजपत्रकाङ्कित प्रथम श्रेणीमा काम गरेको वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था तथा सहकारीमा १५ वर्ष भन्दा बढी काम गरेको व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था गरेको थियो ।

बिज्ञापन

विषयगत मन्त्रालयको नेतृत्व गरिरहेका व्यीक्तलाई नै यसको जिम्मेवारी दिँदा काम गर्न सजिलो हुने भएकोले सचिवलाई नै अध्यक्षको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सार्वजनिक शासन : सहभागितामूलक र उत्तरदायी शासनको आधार

चुनावको मुखैमा किन फेरिए गृह सचिव ?

सात सचिवको सरुवा,गृहमा आए राजकुमार श्रेष्ठ

पूर्वमन्त्रीको कन्स्ट्रक्सन नै डेढ बर्षका लागि कालोसूचीमा

महानिर्देशक हटाउँदै मन्त्रालय,सव इन्जिनियर निलम्बन गर्दै विभाग

विमानस्थलमा अझै धेरै छन् ‘बेथिति’को जालो

अख्तियारले मुद्दा हालेको व्यक्ति नै ‘पोस्टिङ–रेट’को नाइके ! भ्रष्टाचार मुद्दा जितेपछि झन् उग्र

सामान्य प्रशासनमा सेटिङ साम्राज्य : घिमिरे–कार्की जोडीले चलाएको सरुवा बजार

बिशेष