टीकापुरको १५ बिघा जंगल व्यक्तिका नाममा पुर्‍याउने मालपोत र नापी प्रमुखसमेत आठजना दोषी ठहर

सरकारी जग्गा व्यक्तिका नाममा पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले आठ जनालाई दोषी ठहर गरेको छ । आठ महिनाअघि दायर मुद्दामाथि फैसला गर्दै अदालतले चारजनालाई मुख्य कसूरदार र चारजनालाई मतियार मानेको हो ।

बिज्ञापन

विशेषका अनुसार मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाही दोषी पाइएका छन् । यसैगरी नापी कार्यालयका प्रमुख तथा नापी अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलमाथि पनि कसूर कायमको फैसला भएको छ । उनीहरूकै निर्णयबाट जंगल कायम रहेको सरकारी जग्गा व्यक्तिका नाममा कायम भएको फैसलामा छ ।

बिज्ञापन

विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला सुनाएको छ । विशेषले मालपोत प्रमुख रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ । मतियारको रूपमा बिन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । दोषी ठहर भएका मध्ये बिन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिन मात्र कैद बसे हुने फैसला विशेषले सुनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष