कोशीका पूर्व मुख्यमन्त्रीमाथि बाटैमा मुक्का प्रहार,दुई कर्मचारी पक्राउ

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।

बिज्ञापन

बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो।सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेको प्रहरीले जनाएको छ।आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बिज्ञापन

प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीहरू शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवको निर्देशन बेवास्ता: रेग्मी–खड्काको सरुवा बजार खुला, कर्मचारीहरू दबाबमा

अर्थसचिव देखि अर्थ मन्त्री सम्म यस्तो छ रामेश्वरको लोभलाग्दो विगत

४ सय ४१ साना गाडी, ६०१ मोटरसाइकल जलेर नष्ट, अरबौंको क्षति

डण्डुराज घिमिरे सचिवमा बढुवा

चाडपर्व लक्षित १५३ सहुलियत पसल सञ्चालन, आपूर्ति सहज बनाउन मन्त्रालयको प्रतिवद्धता

नागरिक सरकार र कर्मचारीतन्त्रको भविष्य

कर्मचारीलाई मन्त्री खनालले भने- ‘व्यक्तिगत काम लिएर साँझ बिहान मेरो घर नआउनू’

काठमाडौं सडक डिभिजन : भण्डारीको नेतृत्वमा मर्मतदेखि आधुनिक आयोजनासम्म

बिशेष