गणेशराज वस्तिको कविता -छन् राम्रै

जीवन हाम्रै
रिवन हाम्रै
पहिरन हाम्रै
सोचाइ हाम्रै
भोगाइ हाम्रै
पैतलामुनिको
माटो हाम्रै
मन भुलाउने
गाउँ डुलाउने
बाटो हाम्रै
हिड्न सुरु गर्ने
ठाउँ हाम्रै
हिंडी पुग्ने
ठाउँ हाम्रै!
तल हेर
बेसिखेत
माथिहेर
कोट दरवार
सबै हाम्रै
हाम्रै त हो!
छ्याङ्छ्याङ गरि
गाउने खोला
न्याउली कोइली
सबै सबैको रमाउने चोला!
हाम्रै हो त्यो
उज्यालो गाउँ
हाम्रैहो त्यो
उज्यालो घर
उज्यालो ठाउँ
उत्तरतर्फ
हिमाल उज्यालो
हिमालको आशिर्वादले
पाखा पखेरा
सबै छ उज्यालो!
उज्यालो त्यो
मुहार हाम्रै
हाम्राहरू राम्राहरू!
राम्राहरू हाम्राहरू!
सबै सबै…हुन्
ती हाम्रै
ती छ्न् सब
राम्रै राम्रै!
यहाँ छन् सब
राम्रै राम्रै!

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष