गणेशराज वस्तिको कविता -छन् राम्रै

जीवन हाम्रै
रिवन हाम्रै
पहिरन हाम्रै
सोचाइ हाम्रै
भोगाइ हाम्रै
पैतलामुनिको
माटो हाम्रै
मन भुलाउने
गाउँ डुलाउने
बाटो हाम्रै
हिड्न सुरु गर्ने
ठाउँ हाम्रै
हिंडी पुग्ने
ठाउँ हाम्रै!
तल हेर
बेसिखेत
माथिहेर
कोट दरवार
सबै हाम्रै
हाम्रै त हो!
छ्याङ्छ्याङ गरि
गाउने खोला
न्याउली कोइली
सबै सबैको रमाउने चोला!
हाम्रै हो त्यो
उज्यालो गाउँ
हाम्रैहो त्यो
उज्यालो घर
उज्यालो ठाउँ
उत्तरतर्फ
हिमाल उज्यालो
हिमालको आशिर्वादले
पाखा पखेरा
सबै छ उज्यालो!
उज्यालो त्यो
मुहार हाम्रै
हाम्राहरू राम्राहरू!
राम्राहरू हाम्राहरू!
सबै सबै…हुन्
ती हाम्रै
ती छ्न् सब
राम्रै राम्रै!
यहाँ छन् सब
राम्रै राम्रै!

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष