जोमसोमको प्रशासन कार्यालयमा आगलागी, एक घाइते

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

बिज्ञापन

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए। उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

बिज्ञापन

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कनु भएको थियो । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहका तीन सहसचिव सरुवाको अन्तर्य : पञ्जीकरणको ठेक्का

टेण्डर विनै सोल्टीलाई संसदको ठेक्का

८० बर्षे महेश्वरभक्तको नियुक्ति बदर,किशोर थापामाथि उठ्यो प्रश्न

उपसचिवसम्मका सुविधा खोसिँदा केही मन्त्रीलाई ६ वटा सवारी

सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा छाड्न आदेश

बरण्डामा हाकिमको बथान

प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको घटनामा प्रमुख आयुक्तले दिए जबाफ

मन्त्रीको टिप्पणी : कर्मचारीतन्त्रमा डिसिजन प्यारालाइसिस देखिन्छ

बिशेष