विश्वकाे सर्वाेच्च शिखर
सगरमाथाकाे काखमा
लुटुपुटु गर्दै रमाईरहेकाे
मेराे प्याराे साेलु !!!
बिज्ञापन
चादीझै देखिने,
हिमालका सेता दन्तलहरु
मुसुमुसु हाँस्दै टल्काई रहेको
मेरो प्याराे सोलु !!!
बिज्ञापन
डाँफे,मुनाल,कस्तुरी र मृगकाे
सुन्दर देखिने नृत्यमा,
हिमालकाे फेदीबाट झरेको
सुन्दर झरनाको सँगितकाे
तालमा सुसाई रहेको
मेराे प्याराे साेलु !!!
धुपी,सल्ला र सुनपातीय
सुगन्ध दिएर,
सबैलाई माेहीत पार्ने
चौरी र याकको बथानले
प्रकृतिनै आनन्दित तुल्याउने,
मेराे प्यारो साेलु !!!
बिज्ञापन
गुम्बा,मन्दिर र मस्जितले
भरिपूर्ण भएकाे,
कञ्चन पानी र वनसम्पदाले
चारैतिर घेरिएकाे,
शेर्पा,तामाङ,क्षेत्री,ब्राह्मण
सवै जातकाे साझा फुलवारी रहेकाे,
मेरो प्यारो सोलु !!!
हिमाली भेग र बेशीकाे समेत
सम्मीश्रण भएकाे,
झट्ट हेर्दा स्वर्ग झै देखिने
६०० मिटर देखि ८८४८ मिटरसम्मको
उचाईमा रहेको,
अधिकतम ताक्रम ११.५°C
न्यूनतम तापतक्रम -१.८°c
सम्म रहने,
मेराे प्यारो साेलु!!!
धान,मकै, गहुँ र कोदो
खान्छौ यहाँ आलुको रेल्दो,
सुन्तला र स्याउको बगान
कृषकहरुको आफ्नै पहिचान,
गरे के पो हुँदैन र यहाँ,
सगरमाथा नपुगेको
को नै छ र यहाँ ,
त्यसैले त लाग्छ मलाई
मेरो प्यारो सोलु !!!
हिउँका सेता ढिक्काहरु देखि,
धानका पहेला बालाहरु
समेत झुलिरहने,
जडीबुटी र पर्यटकीय
गन्तव्यले भरिपूर्ण भएकाे,
धार्मिक तथा सास्कृतिक
विविधताले समेत पूर्ण रहेकाे
आपसी सद्भाव र सहिष्णुता
कायम रहेकाे,
मेराे प्याराे साेलु!!!!!
स्वर्गझै सुन्दर सोलु !!!!
(अमृता कार्की नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य हुनुहुन्छ ।)