हाइड्रो पीडित स्थानीयबासी भन्छन् :-“हामी भयौं बेघरबार,कहाँ छ सरकार ?”

जलविद्युत परियोजनाले सम्झौता अनुसार काम नगर्दा स्थानीयहरु पीडित बनेका छन् । माथिल्लो त्रिशुली जलविद्युत परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सम्झौता अनुसार काम नगर्दा स्थानीयहरु पीडित मात्र होइन घरबारविहिन हुनु परेको गुनासो गरेका छन् ।

बिज्ञापन

जलविद्युत परियोजनाले सम्झौता अनुसार काम नगर्दा स्थानीयहरु पीडित बनेका छन् ।सम्झौता अनुसार,आयोजना स्थलका प्रभावितहरुको घरबार निर्माणदेखि जागिर दिनेसम्मको उधारो आश्वासन दिइएको भए पनि १२ घर धुरी प्रत्यक्ष प्रभावित भएको र उनीहरुले कुनै न्याय निसाफ नपाएको गुनासो गरेका छन्,कर्मचारी प्रेस सँग ।

बिज्ञापन

२१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका कारण उत्तरगया गाउँपालिका १ तिरु,कालिका गाउँपालिका वडा नम्बर १ मैलुङसाविक हाकु गाविस वडा नम्बर ९ गोगने र ८ तिरु हाल उत्तरगया १ लगायतका आयोजना प्रभावित क्षेत्रका १२ घरवारविहिन हुनु परेको पीडितहरुले बताएका छन् ।

। रसुवाको उत्तरगया गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन २१६ मेगावाटको हाइड्रोपावरको कारण स्थानीय बासिन्दाहरु घरबारविहीन हुनुपरेको छ। आफूहरूसँग गरेको सम्झौता पालना नगरी आयोजनाले घरबारविहीन पारेको भन्दै उनीहरुले जिल्ला समन्वय समितिमा  उजुरी समेत दिएका छन् ।

बिज्ञापन

अहिले आमाछोदिङ्मो गाउँपालिका– १, हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका– १ मा भूमिगत विद्युत्‌गृहलगायतका संरचनाहरू निर्माण भइरहेका छन् । यो आयोजनाबाट उत्तरगया गाउँपालिकाको वडा नम्बर १, मैलुङ, गोगने र तिरु तथा आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १, हाकुबेँसीका स्थानीयबासिन्दा सबैभन्दा धेरै प्रभावित भएका छन् । त्यसो त आयोजनाको ड्यामले गोसाइँकुण्ड गाउँपालिका,कालिका गाउँपालिका– १ पनि प्रभावित क्षेत्रमा पर्छ ।


विद्युत्‌गृह भएको ठाउँ मैलुङमा १२ घरधुरी प्रभावित भएका छन् । त्यहाँ बस्नसमेत समस्या भएको छ । आयोजनाले त्यहाँ टनेल खनिरहेको छ । त्यहाँ टनेल खन्ने क्रममा विस्फोट गराइँदा घरहरू चर्केका छन् । तर पनि आयोजनाले कुनै वास्ता नगरेको स्थानीय तुल बहादुर तामाङले बताए । उनले भने, ‘आयोजना सुरु गर्दा स्थानीयलाई जागिर दिने, स्कुल बनाइदिने, सडक बनाइदिने भने । सडकबाहेक केही बनेन । पावर हाउसका लागि सुरुङ खन्ने क्रममा विस्फोट हुँदा हाम्रा घरहरू चर्केका छन् । घरको मर्मत गरिदिनू भनेर जाँदा हुन्छ, गर्छौं भन्छन् तर अहिलेसम्म गरेको छैन । पानीका मुहान सुकेका छन् । घर चर्केका छन् । स्थानीयले जागिर पाएका छैनौँ ।’

सुरुङ खनेर गाउँबस्तीनजिक पुगेपछि बस्ती नै जोखिममा परेको स्थानीय कृष्ण बहादुर तामाङ बताउँछन् ।१७ चैतमा गोगनेमा पहिरो गयो । उक्त पहिरोका कारण बस्ती जोखिममा परेको भए पनि स्थानीय सरकार र आयोजनाका मानिसहरूले कुनै वास्ता नगरेको तामाङले दु:खेसो पोखे । हाइड्रोपावरले यती ठूलो दुख दिदाँ समेत जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय जस्ता सरकारी निकायले वास्ता नगरेको पिडित तिलक तामाङ बताए ।

तर सरकारी निकाय जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,जिल्ला प्रहरीदेखि गाउँपालिकाका जनप्रतिनिनिधिसम्मलाई हाइड्रोबाट कोसेली पुग्ने हुँदा सरकारी निकायले पीडितको पक्षमा भन्दा हाइड्रोको पक्षमा काम गर्ने गरेको पीडितहरुको गुनासो छ ।

यस बिषयमा प्रतिक्रिया लिनका लागि सो परियोजनाका प्रतिनिधि तेज साउदसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

बिशेष