वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नया नेतृत्व चयन

सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।संघका केन्द्रिय अध्यक्ष मधुसुदन गिरिले  २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताउदै प्रगतिशील लेखकहरुको त्यसैमा जोड रहेको बताए ।

बिज्ञापन

लेखक संघ महोत्तरीको चौथो जिल्ला अधिवेशनमा सहभागी हुन आईपुगेका अध्यक्ष गिरिले कम्युनिष्ट पार्टीहरु बर्ग शत्रु जस्तो देखिए तापनी प्रगतिशिल लेखक संघ वाम विचारधारा बाेक्ने सवै लेखकहरुको साझा थलो भएको जिकिर गरेका छन् ।

बिज्ञापन

वाम विचार वोक्नेहरु एकै ठाउँमा हुनुपर्छ भन्ने लेखक संघ आफै महत्वपूर्ण एजेण्डा वनेर उभिएको वताउदै  नेकपा एमाले मधेश प्रदेश स्कुल विभाग प्रमुख संकर महतोले पनि प्रगतिशिल लेखकहरुको त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । महोत्तरीको बर्दिवासमा भएको अधिवेशनले रामचन्द्र पौडेलको नेतृत्वमा १७  सदस्य निर्वाचित गरेको छ ।

निर्वाचित हुनेहरुमा उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला बिस्वकर्मा, सचिवमा नारद  प्रसाद काफ्ले, स-सचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जिवनराज दाहाल र सदस्यहरुमा सुशिल यादव, रन्जन भण्डारी, पवन वाग्ले, यसोदा श्रेष्ठ, श्याम यादव, प्रतिमा पौडेल  निर्वाचित भएका छन ।

बिज्ञापन

नवनिर्वाचित कार्यसमितिहरुलाई वधाई र सुभकामना दिदै प्रगतिशिल सोच र व्यवहारलाई थप विकास गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अथितिहरुले विस्वास व्यक्त गरे ।अधिवेशनको खुल्लासत्रमा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य जीवन स्पर्शी, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की, उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्का लगायतले मनतव्य राखेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष