कोरलाबाट अबैध रुपमा भित्रिएको छ करोड बढीको सामग्री प्रहरी नियन्त्रणमा

मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रबार राती ग१ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापन पत्र र बिल बिजक बिना अबैध रुपमा सामान ल्याएको हुन सक्ने भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा छ करोड ८१ लाख २० हजार पाँच सय १० रुपियाँ मुल्य बराबरको सामग्री सहित ट्रक नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो।
तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका ५ का ३५ वर्षिय विष्णुबहादुर थापाले चलाएको उक्त ट्रकलाई घरपझोङ गाउँपालिका ४ जोमसोम नजिक फेला पारी चेकजाँच गर्दा कुनै पनि आधिकारीक कागजातहरु बिना नै ल्याएको फेलापारेपछि आवश्यक मुचुल्का गरी नियन्त्रणमा लिएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।उहाँका अनुसार गाडीका चालक थापा, गाडी मालिक लोमन्थाङ गाउँपालिका ३ फुवाका ४० वर्षिय घ्याचो गुरुङ, सोही गाडीमा रहेका लोमन्थाङ गाउँपालिका ३ का ४१ वर्षिय टसी आङ्गयाल गुरुङलाई कानुन अनुसार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।
उक्त गाडीमा प्रज्ञापन पत्र भएका दुई वटा सामग्री रहेको थियो । त्यस्तै अन्य विभिन्न ३१ प्रकारका सामानहरु प्रज्ञापनपत्र बिनाका रहेकोले नियन्त्रणमा लिएर राजश्व अनुसन्धानका लागि पठाइएको हो । उक्त ट्रकमा टिस्यु पेपस ३५ कार्टुन र ४५ कार्टुन चियापत्तीको प्रज्ञापन पत्र थियो ।अन्य ३१ प्रकारका साम्रीहरु प्रज्ञापन पत्र बिनाका रहेको प्रहरीले जनाएको छ । उक्त ट्रकमा भेप, टिस्यु पेपर, चिया, चाइनिज ब्राण्डी, कम्ब्याड ज्याकेट, बख्खु टोपी, लेडिज स्वीटर, लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।त्यस्तै चाइनिज मिठाइ, छुर्पी, बिस्कुट, जाडोका कपडाहरु, सोलार लाइट, कित्ली, वाटर प्रुफ कपडाहरु लगायतका सामानहरु रहेको थियो । त्यसैगरी जुता, थुप्पा चाउचाउ, चुइगम एवम् विभिन्न रंग तथा साइजका लेडिज जेन्स जुत्ताहरु पनि नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष