मन्त्रीको भ्रमण रद्ध,जम्मो टोली बोकेर सचिव उडे अमेरिका

अन्तत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण क्यान्सिल भएको छ । मन्त्री चौधरी ११ देखि २२ मार्चसम्म अमेरिकामा आयोजना हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमनु सम्मेलनमा भाग लिन ६८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क उड्ने कार्यक्रम तय भएको थियो ।  क्याविनेटले स्वीकृत गरिसकेको अवस्थामा मन्त्री आफैँले भ्रमण स्थगित गरेर सचिवको नेतृत्वमा टोली अमेरिका पठाएकी छिन् ।

बिज्ञापन

 

बिज्ञापन

गत २३ फागुनमा महिला बालबालिका मन्त्री नियुक्त भएकी भगवती चौधरीलाई अमेरिकामा हुने कार्यक्रममा पठाउने निर्णय गरेको थियो क्याविनेटले ।  २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीलाई अमेरिका भ्रमणमा पठाउने निर्णय पनि गरेको थियो । अन्तमा उक्त भ्रमण आफैँले स्थगित गरेकी हुन ।   अन्तमा  सचिव सुमनराज अर्याललाई ६८ सदस्यीय प्रतिनिधिमण्डल त्यता पठाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जसपालाई समेत समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले यही ३० गते संसदबाट विश्वासको मत लिने तयारीमा छन् । सोही कारण मन्त्री चौधरीलाई अमेरिका भ्रमणमा नपठाइएको बताइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

बिशेष