शिक्षा सचिवलाई धम्की दिने एमाले निकट कर्मचारी संगठनका नेता पक्राउ

दलगत ट्रेड युनियन खारेज गर्ने कि राख्ने बहस पेचिलो भइरहेको समयमा एमाले निकट कर्मचारी संगठनका नेता घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका हुन ।अवकाशप्राप्त कर्मचारीसँग समेत घुस रकम मागेपछि उनी अख्तियारको फन्दामा परेका हुन । पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । आयोगले प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । टंगालस्थित प्रधान कार्यालयबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाटै आइतबार नियन्त्रणमा लिएको हो।

बिज्ञापन

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी हाल शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष छन्। पछिल्लो पटक उनलाई गएको असोजमा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा सरुवा भएको थियो । कितावखानाबाट सरुवा भएपछि अधिकृत प्रसाईले शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेलाई धम्की नै दिएका थिए । आफूलाई कसैले चलाउन नसक्ने चुनौती दिंदै प्रसाईले सचिव काफ्लेकै सरुवा गरिदिने धम्की दिएर निजामती प्रशासनमै अराजकता प्रदर्शन गरेको शिक्षा मन्त्रालयका कर्मचारीहरु जानकार छन् ।

एमालेनिकट पेशागत महासंघका अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष पुण्यप्रसाद ढकालकै आडमा उनले सचिव काफ्लेलाई सरुवा गरेर देखाउन चुनौती दिएका थिए । प्रसाई यस अघि पनि भ्रष्टाचार मुद्धा खेपिसकेका कर्मचारी हुन । उनीविरुद्ध यस अघि भ्रष्टाचार मुद्धा चलाएको थियो,अख्तियारले । प्रसाईँविरुद्ध अख्तियारले २०७७ फागुन ५ गते पेन्सन कागजात बनाउने क्रममा सेवाग्राहीसँग ५२ हजार घुस लिएकोमा मुद्दा दायर गरेको थियो । विशेषले सफाई दिएपछि अख्तियार उक्त फैसला चित्त नबुझेर पुनरावेदनका लागि सर्वोच्चमा पुगेको छ ।भ्रष्टाचार मुद्धामा केही अघिमात्र सफाइ पाएका अधिकृत प्रसाई अहिले फेरि अख्तियारको फन्दामा परेका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

कितावखानाको सेवा अब ‘नागरिक एप’ मा : PIS प्रणाली पुनःसञ्चालन, सेवा डिजिटलरुपमा विस्तार

खतिवडाकाे गुनासाेः ‘छलफलमा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारी आएनन्’

संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी

संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

बिशेष