सर्वाेच्च बारमा एमाले र काँग्रेसका वकिलहरु भीड्ने

सर्बोच्च बारको निर्वाचनमा एमाले र माओवादी आबद्ध वकिलहरुबीच गठबन्धन भएको छ । सत्तामा काँग्रेस र एमालेको गठबन्धन भए पनि बारको नेतृत्व लिनका लागि एमालेले माओवादीसँग गठबन्धन गरेको हो ।
यस अघि हालैमात्र सम्पन्न नेपाल पत्रकार महासंघमा सत्तारुढ दल एमाले र काँग्रेस मिलेर साना दलसँग चुनावी प्रतिष्प्रर्धा भएको थियो भने हालै सम्पन्न नेपाल नर्सिङ संघमा माओवादीसँग मिलेर काँग्रेससँग प्रतिष्प्रर्धा गरेकै शैलीमा सर्वोच्च अदालत बार एसोसिएसनमा माओवादीसँग मिलेर काँग्रेससँग भिड्न लागिएको हो ।

बिज्ञापन

आगामी पुस २० गते हुने निर्वाचनमा एमालेनिकट कानुन व्यवसायीहरुको संगठन पिपिएलए र माओवादी सम्बद्ध आरपिएलएबीच मिलेर जाने सहमति भएको हो । सर्वाेच्च वारमा काँग्रेस निकट प्रजातान्त्रिक धारका वकिलहरुको वर्चश्व रहेको छ । उच्च अदालत पाटनमा एमाले निकट,काठमाडौं बारमा काँग्रेस निकट र ललितपुर वारमा माओवादी निकट वकिलहरुको वर्चश्व रहेको छ ।
यस्तो समयमा बृहत लोकतान्त्रिक,समाजवादी,समावेशी पेशागत कानुन व्यवसायीहरु एकातिर र एमाले–माओवादी गठबन्धन अर्काेतिर भएर चुनावी प्रतिष्प्रर्धामा होमिन लागेका हुन । एमाले माओवादीको गठबन्धनबाट महेश थापा अध्यक्षमा अघि सारिएका छन् भने काँग्रेस–एस प्यानलले मेघराज पोखरेललाई उम्मेदवार बनाएको छ ।
आगामी पुस २० गते हुने सर्वोच्च बार एशोसियसनको निर्वाचनमा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संघको तर्फबाट अध्यक्षमा महेश थापा उम्मेदवार छन् । उपाध्यक्षमा नेकपा एसनिकट एसपिएलएका अम्बर बहादुर राउत,रमणकुमार श्रेष्ठ,पुनदेवी महर्जन,रामचन्द्र पौडेल,शशी बस्नेत लगायत प्रतिष्प्रर्धामा होमिदैं छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

बिशेष