प्राधिकरणको सीइओ बन्न १६ भाइ इच्छुक, बसन्त र मन्दिपले उच्च अंक प्राप्त गर्दा जोशीको सबैभन्दा कम

गृहका कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न १६ भाईले रुची जाहेर गरेका छन् ।
७६ साल मंसिर २६ मा कार्यकारी प्रमुखमा नियुक्त भएका अनिल पोखरेल घर गएसँगै रिक्त पदमा गत मंसिर दोश्रो साता आवेदन माग गरिएको थियो । प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरेकोमा सर्ट लिष्टमा परेका १६ जनाको नामावली सार्वजनिक भएको छ ।
सिफारिस समितिका अनुसार, पोखराका बसन्तराज अधिकारी र रोल्पाका मन्दिप सुवेदीको सबैभन्दा उच्च अंक ल्याएका छन् । उनीहरु दुबैले २४ दशमलव ५ अंक प्राप्त गरेका छन् । उम्मेदवारको शैक्षिक योग्यता, तालिम र अनुभववापतको अंक सार्वजनिक गरिएको समितले जनाएको छ । जसअनुसार डडेल्धुराका धर्मराज उप्रेतीको २२ दशमलव ५, रामप्रसाद पौडेलको २२,राजु थापा, मधुसुधन गौतम, सञ्जयकुमार यादव र लवप्रसाद जोशीको समान २१ दशमलव ५ अंक प्राप्त गरेका छन् । सहदेव चन्द १९,ज्वाला पाडे १८,गणेश कुमार जिमीले १४ दशमलव ५ अक प्राप्त गर्दा केशवराज जोशीले सबैभन्दा कम १० अंक प्राप्त गरेका छन् ।
गृह मन्त्रालय मातहत रहने प्राधिकरणको पहिलो सीईओ अनिल पोखरेलको पाँच वर्षे कार्यकाल पूरा भएपछि अहिले नयाँ सीईओका लागि प्रतिस्पर्धा गराइएको हो । २९ मंसिर २०७६ मा खुलेको यो कार्यालय गृहको छाँयामा परेको छ । ३६ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा गृहमा अतिरिक्त समूहमा रहेका कर्मचारी थन्काउने थलो बन्न पुगेको छ ।

बिज्ञापन

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको नेतृत्व सहसचिवबाटै हुन्छ । प्राधिकरणमा राजनीतिक नियुक्ति लिएर आएका सहसचिवस्तरकै सीईओ रहने गर्दछ । प्राधिकरणमा सीईओसँगै नेपाल सरकारका प्रशासन र प्राविधिक सहसचिवहरु पनि कार्यरत छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

बिशेष