हुलाकका नासु छोरासहित कोठाभित्र मृत फेला

भक्तपुरको बालकोटस्थित एक घरमा डेरा गरी बस्ने हुलाकका कर्मचारीका बाबुछोरा मृत भेटिएका छन्। सोमबार बिहान फिकाधारा स्थित साढे ३ तले घरमा दुई जना मृत भेटिएका हुन् । मृत फेला पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रवीण आचार्य छन् ।

बिज्ञापन

४ वर्षदेखि सो घरमा डेरामा बस्दै आएका बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए । बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरूको शव भेटिएको हो । मृतक आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु पदमा कार्यरत थिए । हुलाकका निमित्त प्रमुख कुलप्रसाद केही दिनअघि मात्रै भक्तपुरस्थित डेरामा आएका थिए। उनका दुई छोरा मिलन र प्रविण भने कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए ।

बिज्ञापन

केही दिन अघि विभागमा काम पर्यो भन्दै उनी काठमाडौं आएका थिए ।

मृतक बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट लागेको छ । शवमा चोटपटक रहेकाले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरी आशंका छ । शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ ।

बिज्ञापन

मानव बेचविखनविरुद्ध काम गर्ने शक्ति समूहकी संस्थापक सुनिता दनुवार पनि आजै बिहान मृत भेटिएकी हुन् । उनी जोरपाटीस्थित आफ्नै निवासको बेडमा मृत फेला परेकी थिइन् ।

बिहान श्रीमानले उठाउनुअघि नै प्राण त्यागेकी दनुवारलाई नजिकैको नेपाल मेडिकल कलेज पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च,प्रति मतदाता औसत २८४ रुपैंया

चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

रसुवा भन्सारमा बमको आतंक : दैनिक लाखौं असुली

यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

बिशेष