रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेधपुछ तथा बयान आज पनि जारी रहने भएकाे छ ।शुक्रवार देखी काठमाडाैं प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलकाे कार्यालय लगिए पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएकाे हाे ।

बिज्ञापन

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने भएका छन । बयान सकिए पछि सम्भवतः आजै पाेखरा फर्काइने छ । शुक्रबार बिहान देखि सुरू भएको बयान साे दिनकाे अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजाे उनले झन्डै ५ घन्टा लामाे बयान दिएका थिए ।

बिज्ञापन

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

बिशेष