रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेधपुछ तथा बयान आज पनि जारी रहने भएकाे छ ।शुक्रवार देखी काठमाडाैं प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलकाे कार्यालय लगिए पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएकाे हाे ।

बिज्ञापन

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने भएका छन । बयान सकिए पछि सम्भवतः आजै पाेखरा फर्काइने छ । शुक्रबार बिहान देखि सुरू भएको बयान साे दिनकाे अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजाे उनले झन्डै ५ घन्टा लामाे बयान दिएका थिए ।

बिज्ञापन

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष