देवकुमारी पछि यही आबमा अवकाश पाउँदैछन् यी ६ सचिवले

मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदाई गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गुरागाई पाँच बर्ष अघि सचिव पदमा बढुवा भएकी थिइन,उनी सेवा हदका कारण घर जान लागेकी हुन । ०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी गुरागाईंले यो अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न पुगेकी थिइन ।पाँच बर्षे सेवा हद लागेर देवकुमारी गुरागाई अवकाशमा गएकी छिन्,उनीझैं अन्य ६ सचिव पनि यही आर्थिक बर्षमा घर फर्कदैछन् ।

बिज्ञापन

यसरी घर जाने सचिवहरुको लाइनमा छन् केवल भण्डारी,सुरेश अधिकारी,नारायणप्रसाद पन्थी,विश्वराज कोइराला,रेवतीरमण पौडेल र सुशीलचन्द्र तिवारी ।

अबको दुई साता पछि नै अर्काे सचिव घर फर्कदैछन् । सचिव भएको साढे चार बषर्मसम्म मन्त्रालयमा बस्ने जिम्मेवारी नपाएका र अन्तिम समयमा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सचिव केवल भण्डारी आगामी  ११ गते चैत्रमा  सेवानिवृत्त हुनेछन् ।

बिज्ञापन

त्यसैगरी ०८१ वैशाख १७ गते तीनजना सचिवहरू सेवानिवृत्त हुनेछन् । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला ०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।

त्यसैगरी २०८१ वैशाख २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते सेवानिवृत्त हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डविपरीत, शुल्क अशुलीमा चरम लापरवाही

संङ्घीय निजामती सेवा ऐन:ओझेलमा वास्तविक समस्या

मेरो बसन्त हराएको छ

बिशेष