समायोजनका कारण समस्यामा परेका कर्मचारीलाई राहत हुने गरी नयाँ ऐन ल्याउने तयारी

कर्मचारी समायोजनका कारण समस्यामा परेका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सामाधान गर्ने स्वास्थ्य मन्त्री अग्रसर देखिएका छन् । मन्त्री प्रदीप पौडेलले समायोजनका कारण समस्यामा परेका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सामाधान गर्ने गरि नयाँ ऐन ल्याउने प्रक्रिया अगाडि बढाएका हुन ।

बिज्ञापन

संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउने प्रक्रिया अगाडि बढाएका हुन मन्त्री पौडेलले ।  हिजो बसेको क्याविनेट बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका थिए । मन्त्रिपरिषद्ले उक्त ऐन ल्याउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

बिज्ञापन

हाल संघीयताअनुरुपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवा आदिमा समस्या परेको कारण नयाँ स्वास्थ्य सेवा ऐन लयउन खोजिएको हो । हाल स्वास्थ्य नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेको छ ।

अब मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर संसदमा लैजानुअघि मन्त्रिपरिषदमा पुनः स्वीकृतिका लागि लैजानेछ । त्यसपश्चात नयाँ ऐन संसदमा टेबुल हुनेछ । ऐन कार्यान्वयनमा आएमा संघीय स्वास्थ्य सेवामा रहेका २८ हजारका अलावा विभिन्न तहमा समायोजनमा रहेका गरी कुल ५८ हजारभन्दा बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष