कर्मचारी समायोजनका कारण समस्यामा परेका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सामाधान गर्ने स्वास्थ्य मन्त्री अग्रसर देखिएका छन् । मन्त्री प्रदीप पौडेलले समायोजनका कारण समस्यामा परेका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सामाधान गर्ने गरि नयाँ ऐन ल्याउने प्रक्रिया अगाडि बढाएका हुन ।
बिज्ञापन
संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउने प्रक्रिया अगाडि बढाएका हुन मन्त्री पौडेलले । हिजो बसेको क्याविनेट बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका थिए । मन्त्रिपरिषद्ले उक्त ऐन ल्याउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
बिज्ञापन
हाल संघीयताअनुरुपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवा आदिमा समस्या परेको कारण नयाँ स्वास्थ्य सेवा ऐन लयउन खोजिएको हो । हाल स्वास्थ्य नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेको छ ।
अब मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर संसदमा लैजानुअघि मन्त्रिपरिषदमा पुनः स्वीकृतिका लागि लैजानेछ । त्यसपश्चात नयाँ ऐन संसदमा टेबुल हुनेछ । ऐन कार्यान्वयनमा आएमा संघीय स्वास्थ्य सेवामा रहेका २८ हजारका अलावा विभिन्न तहमा समायोजनमा रहेका गरी कुल ५८ हजारभन्दा बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिज्ञापन