सरकारी कार्यालयका पुराना गाडी मर्मत गरिने, नभए बिक्री गरिने

सरकारले सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा विग्रीएर थन्क्याइएका सवारी साधन मर्मत गर्ने तथा मर्मत नहुने अवस्थामा भए विक्रीवितरण गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ ।

बिज्ञापन

सिंहदरबार सहित सरकारी कार्यालयमा सरकारी बिग्रीएका गाडी थन्क्याएका कारण कार्यालय तथा कार्यालय परिसर अव्यवस्थित तथा फोहोरी बनिरहेको भन्दै जताततै टिप्पणी हुदैँ आएको छ ।

बिज्ञापन

के छ कानूनी प्रावधान ?
सार्वजनिक खर्च मितव्ययिता कायम गर्ने सम्बन्धि मापदण्ड २०७७ को दफा ८ को उपदफा ९१० अनुसार काठमाडौं उपत्यका भित्रका सबै सरकारी कार्यालयले जिन्सी निरीक्षण गरी आ–आफ्नो कार्यालयमा प्रयोगमा आउन नसक्ने सवारी साधन हेभि इक्विपमेन्ट डिभिजन कार्यालय काठमाडौंलाई तीन महिनाभित्र हस्तान्तरण गरिसक्नुपर्छ । उक्त कार्यालयले ६ महिनाभित्र त्यस्ता सवारी साधन लिलाम बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने छ भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार पुराना र काम नलाग्ने सवारी साधन लिलाम बिक्री हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

मन्त्रिको सल्लाहाकार नियुक्ति र राज्यकोषमा दोहन

निजामती नयाँ ऐन, कर्मचारीलाई छैन चैन : दुई सहसचिवले दिए राजीनामा, एक सातामै ४८ कर्मचारी बाहिरिए

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

बिशेष