दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

सरकारले दुई आयोगका अध्यक्ष र सदस्यहरुका लागि आवेदन माग गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

समितिको सचिवालयले यी दुई आयोगका अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न अनुरोध गरेको छ ।

बिज्ञापन

आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया २०८१ र सोको अनुसूची बमोजिमको आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

सोही आवेदनको आधारमा समितिले अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नाम सिफारिस गर्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

बिशेष