ट्रकको ठक्करबाट अध्यागमन अधिकृत पाण्डेको मृत्यु

काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

बिज्ञापन

३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत भइसकेका अधिकृत पाण्डे चढेको स्कुटरमालाई  मालवाहक ट्रकले ठक्कर दिँदा निधन भएको हो । पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई हाल चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्दै आएका थिए ।

बिज्ञापन

ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ। चालक भने हेटौंडाका रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष