” बाआमा(ईश्वर) बिनाको दशैं, तिहार “

दशैं,तिहार आयो भन्छन् भन्न त।
आउन त आयो दशै, तिहार।
तर,बाआमा बिनाको के दशैं, के तिहार ।
दशैं तिहारमा जब बाआमाको फोन आउँथ्यो।
तब त लाग्थ्यो साच्चै दशैँ ,तिहार आयो।
दशै, तिहारमा बाआमाको हात र कोमल हृदयले बनाएका ति परिकार।
साच्चिकै चौरासी व्यञ्जन लाग्थ्यो।
 अझै बाआमाको हृदयको आशिष बचनले ।
दिएका ति आशिर्वाद वरदान, महाशक्ति नै लाग्थ्यो।
दशैं ,तिहारका ति पलहरु सम्झदा साच्चिकै मन भकानिन्छ अहिले।
 दशैं, तिहारमा बाआमा, दाजुभाई दिदीबहिनीहरुको साथमा हुँदा।
लाग्थ्यो साच्चिकै रङ्गगिचङ्गी फुलबारी, स्वर्गमा भएको महशुस हुन्थ्यो।
दशैं, तिहारमा पहिले देश, प्रदेश बाट भेटघाट, आशिर्वाद लिनेको लर्को हुन्थ्यो।
हुनत आजकल दशैं, तिहारमा रमाइन्छ, देउसीभैलो खेलि‌न्छ।
तर दशैं, तिहार उहिले को जस्तो अहिलेको दशैं, तिहार लाग्दैन।
किनकी बाआमा (ईश्वर) बिनाको के दशैं, के तिहार ।
 अन्जु कुमारी गिरी
जिवन विज्ञान प्रशिक्षक
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष