सांस्कृतिक पर्व भाँड्ने काम कसैले गर्नु हुँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् ।

बिज्ञापन

नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिएका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु १५ लाख रकम दिएको जानकारी पनि गराए ।

बिज्ञापन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमानसिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वसुुब्बा गुरुङ, सङ्घीय सांसद् कृष्णगोपाल श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोललगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो,‘सबै भाषा र संस्कृति हाम्रा हुन् । नेपाली माटोका यी भाषा र संस्कृतिको संरक्षणमा हामी सबै एक भएर लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मङ्गलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत् नयाँ वर्षका कार्यक्रममा पुुगेर शुुभकामना दिएका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष