सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।

बिज्ञापन

मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो ।

बिज्ञापन

जस अनुसार सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरा र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुमपश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई आउँदो मंसिर ५ गतेभित्र कार्यक्रम/योजना प्रस्ताव गर्न मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार सरकारको वार्षिक बजेट तथा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०८१÷८२ का लागि सो कार्यक्रम स्वीकृत भइसकेको छ । उक्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ समेत स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

उक्त कार्यविधिको व्यवस्थाबमोजिम कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधिमा उल्लेख भएको जिल्लाका स्थानीय तहहरूले मात्र उक्त कार्यविधिको दफा ८ को व्यवस्था तथा अनुसूची (२) बमोजिमको ढाँचामा बढीमा दुई वटासम्म आयोजना/कार्यक्रम छनोट गरी कार्यपालिकाको निर्णय र अन्य आवश्यक कागजातसहित मन्त्रालयको ई–मेल ठेगाना mofagaplanning@gmail.com वा planning.section@mofaga.gov.np मा पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष