एक महिनापछि खुल्यो रसुवा नाका, २६ वटा ट्रक भित्रिए

रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको हो ।

बिज्ञापन

नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् ।यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जानकारी गराएको छ ।

बिज्ञापन

रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्र प्याकुरेलले अहिले सरकारले तोकेको लक्ष्य अनुसार मासिक २ अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्छ । तर राजस्व संकलन महिना दिनदेखि ठप्प छ ।

नाका बन्द भएको एक महिनापछि मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गर्न लागिएको हो । नेपालतर्फको रसुवागढीबाट चीनको केरुङसम्म २४ किमि सडक गत असोज दोस्रो साताको बाढीले क्षति पुर्‍याएको थियो । चिनियाँ प्राविधिकहरूले हेभी इक्विमेन्ट प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

बिशेष