जर्मन कम्पनीले ल्यायो ‘डिजिटल कन्डम’

बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो ।

बिज्ञापन

यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न वा अडियो रेकर्ड गर्नबाट रोक्नेछ । डिजिटल अन्तरङ्गताको समयमा यो एप खोल्नु पर्छ । यसको प्रयोग गर्न वास्तविक कन्डम जस्तै सजिलो रहेको कम्पनीको दाबी छ ।

बिज्ञापन

क्यामडोम प्रयोग गर्दा प्रयोगकर्ताहरूले आ–आफ्नो फोनलाई निकटमा ल्याएर भर्चुअल बटन स्वाइप डाउन गर्नु पर्छ । यो बटनले फोनमा भएका क्यामरा र माइक्रोफोन सबै ब्लक गरिदिन्छ । दुई मध्ये एक जनाले पनि फोनबाट फोटो खिच्न वा भिडियो वा आवाज रेकर्ड गर्न खोजे भने अलार्म बज्छ र कोठामा भएको अर्को व्यक्ति सतर्क हुन्छ । एपले सम्भावित खतराबारे प्रयोगकर्तालाई थाहा दिन्छ र रेकर्ड भइरहेको छ भनेर सूचना दिन्छ । क्यामडोमले अनलाइन मञ्चहरूमा सहजै चुहिने अनि फैलिन सक्ने गोप्य कन्टेन्टहरूको सुरक्षा गर्छ । यसले एक पटकमा कयौँ उपकरणहरूलाई ब्लक गरिदिन्छ ।

‘एड्ज अफ द वर्ल्ड’का अनुसार अहिलेको पुस्तामा मोबाइल फोन मानव शरीरको हिस्सा भएको र मानिसहरूले आफ्ना उपकरणमा संवेदनशील कन्टेन्टहरू थुपारेर राख्ने क्यामडोम एपका विकासकर्ता फेलिप अल्मेइदाले भनेका छन् ।
एजेन्सी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष