निलम्बित मुख्य सचिवको भ्रष्टाचार मुद्दामा अमेरिकाबाट भर्चुअल सुनुवाइ

निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अमेरिकाबाट भर्चुअल सुनुवाइ भएको छ ।

बिज्ञापन

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालसमेत जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले सोमबार बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बहस गरेका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय डा. खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासमा गत कात्तिक ५ गतेबाट मुद्दाको सुनुवाइ भइरहेको छ।

बिज्ञापन

विशेष अदालतले देशका विभिन्न जिल्लाहरूबाट र विदेशबाट समेत साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयानसमेत भर्चुअल माध्यमबाट गरिँदै आएको छ । सुर्खेत, झापा जिल्ला लगायतबाट सम्बन्धित जिल्लाका जिल्ला अदालतसँग समन्वय गरी प्रतिवादीहरूको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यमबाट गरी सहज रूपमा सेवा प्रदान गर्दै आएको बेहोरा अवगत गराइन्छ । भर्चुअल सुनुवाइको सेवा जनकपुर लगायतको स्थानबाट कानून व्यवसायीहरूले लिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

“नेपालको न्यायिक परिपाटीमा विदेशबाट समेत बहस छलफल सुनी पक्षहरूको स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत भएको प्रविधियुक्त यो नौलो प्रयोग हो,” विशेष अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशेष अदालतले उपलब्ध गराएको न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न समस्त कानून व्यवसायी तथा सेवाग्राहीहरू सबैमा अदालत आग्रह गर्दछ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

सुनका धनी बालेन मन्त्रिपरिषद् : प्रधानमन्त्रीसँग सबैभन्दा धेरै,कृषिमन्त्रीसँग ५ तोलामात्र

सहकारितामूलक शासन प्रणालीमा सेवा उत्पादन र वितरणमा साझेदारीता

बिशेष