मालपोतका कर्मचारी सरुवा प्रक्रियामा छानबिन, यी सरुवा उल्टने सम्भावना

बिज्ञापन

सरूवा विवादमा मुछिएर सरूवामा परेका सहसचिवमाथि कारवाही गर्न समिति गठन भएको छ । गत १४ गते कर्मचारीहरुको सरूवा गरेर योजना आयोगतिर पुगेका कृष्ण सापकोटाले कर्मचारी सरूवा गर्दा आर्थिक शुभलाभ लिएको र मनपरी ढङ्गबाट करिव पौने पाँच सय कर्मचारी सरूवाको बिषयमा छानबिन गर्न मन्त्रालयले समिति बनाएको हो ।

बिज्ञापन

भूमि व्यवस्था तथा अभिलेख विभाग मातहत एकै पटक चार सय ४७ जना कर्मचारीको सरुवाको बिषयमा व्यापक गुनासो उठेपछि छानबिन समिति गठन गरि उक्त समितिले धमाधम प्रतिवेदन लेखनको काम गरिरहेको बुझिएको छ । सापकोटाले मनपरी सरूवा गरेको बिषयमा व्यापक गुनासो उठेसँगै कर्मचारी संगठनका नेताहरू नै विभागमा धर्ना गर्न पुगेका थिए । मनलाग्दी कर्मचारी सरूवा गरेर डिजी भने मोवाइल अफ गरेर वेपत्ता भएका थिए ।

मन्त्रालयले सरुवासम्बन्धी छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् । समितिले निजामती कर्मचारी ऐन र नियमावली तथा मालपोतको स्थापित परम्पराअनुसार सरुवा भएको छ कि छैन भनी अध्ययन गर्नेछ । छानबिन गरेर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

बिज्ञापन

गत असोज १४ र १५ गते भूमि विभागका तत्कालिन महानिर्देशक कृष्णप्रसाद सापकोटाले एकै पटक चार सय ४७ जना कर्मचारीको सरुवा गर्दा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर परेका थिए । सापकोटाले गत साउनमा पनि ७२ कर्मचारीको सरुवा गरेका थिए । सोही बिषयमा व्यापक गुनासो उठेपछि मन्त्रालयले छानबिन समिति बनाएर प्रतिवेदन बनाइरहेको हो । हाल मन्त्रालयमा ४५ जना कर्मचारीहरुले सरुवा संसोधन गर्नको लागि निवेदन दिएका छन् ।

सापकोटाले जग्गा किनबेचको कारोबार बढी हुने उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, डिल्लीबजार लगायतका कार्यालयमा आफू निकटलाई पठाएको र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएका छन् । नासुहरु अन्जु शर्मालाई भक्तपुर मालपोत कार्यालयबाट टोखा मालपोत कार्यालयमा पठाइएको छ। कमल लामालाई टोखाबाट ललितपुर सरुवा गरेको छ, चन्द्रमणि पोखरेल चावहिलबाट साँखु पुगेका छन्।

त्यस्तै जनार्दन विक्रम कार्की चाबहिलबाट कलङ्की पुगेका छन्, टिकाप्रसाद घिमिरे साँखुबाट मनमैजु पुगेका छन्, नरेन्द्र रामसिंह गोटीखेल ललितपुरबाट लगनखेल पुगेका छन्। यदुनाथ आचार्य भक्तपुरबाट डिल्लीबजार पुगेका छन् । उनी सरुवा भए पनि अझै भक्तपुर बसिरहेका छन् । रमेश पोख्रेल साँखुबाट डिल्लीबजार, राजकुमार कटवाल चाबेलबाट साँखु, राजकुमार मगर चाबहिलबाट कलङ्की, रामप्रसाद भट्टराई चाबहेलबाट भक्तपुर, रामेश्वर कुइकेल साँखुबाट गोटीखेल ललितपुर पुगेका छन् । त्यस्तै लक्ष्मीनारायण निरौला डिल्लीबजारबाट भक्तपुर, बिमल खनाल डिल्लीबजारबाट भक्तपुर सरुवा भएका छन् ।

खरिदारहरु अचुतम केसी गोटीखेलबाट डिल्लीबजार, निर्मल रावल गोटिखेलबाट लगनखेल पोषण राज केसी डिल्लीबजारबाट भक्तपुर, रुपेश ज्ञवाली डिल्लीबजारबाट गोटीखेल पुगेका छन् ।

अधिकृतहरु वेदप्रसाद खतिवडा भक्तपुरबाट डिल्लीबजार, वोग राज शर्मा कटेल डिल्लीबजारबाट भक्तपुर, युवराज ढकाल ललितपुरबाट कलंकी सरुवा भएका छन् । यी सरुवाहरु आर्थिक शुभलाभ लिएको र मनपरी ढङ्गबाट गरिएको भन्दै व्यापक गुनासो छ । त्यस्तै समय नपुगी सरुवा भएको सरुवा पनि उल्टने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

सुनका धनी बालेन मन्त्रिपरिषद् : प्रधानमन्त्रीसँग सबैभन्दा धेरै,कृषिमन्त्रीसँग ५ तोलामात्र

सहकारितामूलक शासन प्रणालीमा सेवा उत्पादन र वितरणमा साझेदारीता

बिशेष