२० लाख रुपैयाँ घुस लिएको आरोपपछि ईडी मन्त्रालय तानिए

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका प्रसाद उप्रेतीमाथि गम्भीर घुस काण्डको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई छानबिनको लागि मन्त्रालयमा तानेको छ। डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासन दिएर एक व्यक्तिसँग २० लाख रुपैयाँ घुस लिएको आरोपसहित उजुरी परेको छ, जसका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

बिज्ञापन

उप्रेतीमाथि श्रम बजारको नयाँ गन्तब्य खोज्ने नाममा अवैध रुपमा युरोपका एक देशमा ‘श्रम दूत’ नियुक्त गर्ने भन्दै २० लाख रूपैयाँ घुस लिएको आरोप पनि लागेको छ । यिनै विषयहरुलाई स्पष्ट गर्न भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो ।

बिज्ञापन

एकजना व्यक्तिले आफूसँग २० लाख रुपैयाँ लिएर डेनमार्कको लागि अवैतनिक श्रम दूत नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको मन्त्रालय स्रोतको दाबी छ ।उक्त उजुरीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई पठाएको थियो । प्रधानमन्त्री कार्यालयले उनीमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन भनेको हो । विवादै विवादमा काम गरिरहेका उप्रेतीमाथि मन्त्रालयले यसअघि नै कदम चाल्न खोजेको थियो ।

उप्रेतीले वार्षिक समीक्षा गोष्ठी जस्तो महत्त्वपूर्ण कार्यक्रमहरूमा जानकारी बिना नै अनुपस्थित भएको, मन्त्रालयले दिएको निर्देशन अवज्ञा गर्ने गरेको तथा बोर्डको जिम्मेवारीसमेत पुरा गर्न नसकेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

बिज्ञापन

शेरबहादुर कुँवर श्रममन्त्री हुँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जोडबलमा उप्रेती बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए । वर्तमान सत्ता गठबन्धन बनेपछि उप्रेतीले परस्थिति आफू अनुकूल बनाउन एमाले महासचिव शंकर पोखरेललाई भेटेर सामाजिक सञ्जालमा एमाले प्रवेश गरेको सन्देशसहितको पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष