बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह पक्राउ परेका छन् ।
बिज्ञापन
घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित टोलीले साहलाई घुस लिरहेको अवस्थामा पक्राउ गरेको हो ।
बिज्ञापन
अख्तियार कार्यालय हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतमका अनुसार कलैया ४ मा सेवाग्रहीसँग ८० हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको हो ।
नगरपालिकाबाट सञ्चालित योजनाको बीलको भुक्तानी दिए वापत साहले घुस लिएको अख्तियारले जनाएको छ ।
बिज्ञापन
आयोगका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























