विपद् प्रतिकार्यमा सबै निकायको सहभागिता आवश्यक : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्यमा सबै सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक भएको बताएका छन्। उनले विपद्को समयमा कुनै पनि संस्थाको एकल प्रयासले मात्र सफलताका लागि पर्याप्त नहुने र सरोकारवाला निकायहरूको एकीकृत सहभागिता र सहकार्यबाट मात्र प्रभावकारी प्रतिकार्य गर्न सकिने औंल्याए।

बिज्ञापन

बुधबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको तालिमको समापन समारोहमा बोल्दै महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितीलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफुलाई उभ्याउन सफल भएको बताउँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भुकम्प, बाढि पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौ नागरिकहरुको जीवन रक्षा गरेको समेत उल्लेख गरे।

बिज्ञापन

महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरुमा भोलिन्टियरहरु उत्पादन गरी आम नागरिकहरुमा जनचेतना फैलाउने उद्देश्यकासाथ औपचारिक रुपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै यही भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरु संचालन गरिएको तथा देशका विभिन्न स्थानहरुमा हालसम्म ५ सय ८८ जना भोलिन्टियरहरुलाई तालिम दिईसकेको समेत बताए ।

बिज्ञापन

सोही अवसरमा महानिरीक्षक अर्यालले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको परिषर भित्र सम्पन्न भएको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुका साथै ट्रमा सेन्टरको समेत अवलोकन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले नागढंङ्गा, नौविसे, मुग्लिङ्ग करिडोरमा रहेको स्ट्रेट लाइट हस्पिटलका स्वास्थ्यकर्मीहरुद्धारा भविष्यमा हुनसक्ने कुनैपनि विपद् तथा सडक दुर्घटनाको समयमा प्रभावकारी रुपमा परिचालित भई घाईतेहरुको समयमा नै उपचार गरी जीवन रक्षा तथा अङ्गभङ्ग हुनबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्तिक ५ गतेदेखि संचालन भएको तालिममा २६ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेका थिए । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमन, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्ग, राष्ट्रिय सडक सुरक्षा परिषदका सदस्य सचिव कृष्णराज पन्त, चितवन र धादिङ्गका प्रमुख जिल्ला अधिकारीहरु ईन्द्रदेव यादव र सुमन घिमिरे लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृत, विभिन्न संघसस्थाका पदाधिकारी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष