गृह मन्त्रालयले बुधबार तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयमा रहेका गोविन्द प्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ ।
बिज्ञापन
चार महिना नपुग्दै चितवनको प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव गत जेठ २३ गतेदेखि चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएकोमा ४ महिना नपुग्दै उनी मन्त्रालय तानिएका हुन् ।
बिज्ञापन
त्यसैगरी सहसचिव प्रकाश पौडेललाई चितवन पठाएको छ ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार यसरी अतिरिक्तमा रहेका सहसचिवहरूलाई आज साँझसम्ममा थप व्यवस्थापन गरिने छ।