४७ जना कर्मचारीको सरुवा, रैथाने कर्मचारीहरुको रुवावासी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले ठूलो सख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको एकै स्थानमा लामो समयदेखि रहेका रैथाने कर्मचारीहरुको सरुवा गरेका छन् । स्वास्थ्य सेवा विभागमा २५ बर्ष देखि रहेका डिक बहादुर विष्ट लगाएत १० बर्ष भन्दा लामो समय एउटै कार्यालयमा कार्यरत कर्मचारीहरूलाई अन्यत्र सरुवा गरिएको छ। मन्त्रालयले शाखा अधिकृत, तथ्यांक अधिकृतको सरुवा र पदस्थापन गरेको छ ।

बिज्ञापन

मन्त्रालयले शाखा अधिकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रामप्रसाद ओलीलाई स्वास्थ्य सेवा विभाग, टेकुमा सरुवा गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा कार्यरत सुरेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, केही नायब सुब्बाको सरुवा तथा पदस्थापन भएको छ । यस्तै मन्त्रालयको स्रोतको अनुसार तिहार सकिए लगतै एकै स्थानमा लामो समयदेखि रहेका रैथाने स्वास्थ्यकर्मीहरु पनि ठूलो सख्यामा सरुवा गर्दै छ । विशेष गरि १० औं तह देखि ५ औं तहसम्मको स्वास्थ्यकर्मीहरु सरुवा हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष