डिजी बन्ने लाइनमा को-को ?

सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग विभाग, भूमि विभाग र अध्यागमन विभागको महानिर्देशक हेरफेर भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाको पनि राष्ट्रिय योजना आयोगमै सरुवा भएको छ । त्यस्तै अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

बिज्ञापन

उक्त स्थानमा जानको लागि सहसचिवहरुको दैडधुप सुरु भएको छ । अध्यागमन विभागमा सहसचिव गोविन्द प्रसाद रिजाल एकल दाबेदार छन् । भूमि, व्यवस्थापन तथा अभिलेख विभागमा श्रवण कुमार पोखरेल, मदन कोइराला र शिव प्रसाद रेग्मीको दैडधुप रहेको छ । त्यस्तै सरकारले योजना आयोगका सहसचिव राजेश्वर ज्ञवालीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । हाल उद्योग मन्त्रालयमा पठाइएका ज्ञवालीलाई उद्योग विभागको महानिर्देशक बनाउने संभावना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

बिशेष