जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ।
बिज्ञापन
घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी लाइन मिलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आएका प्रहरी उपरीक्षक कार्कीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयले तानेको हो ।
बिज्ञापन
मोरङ आएदेखि नै गृह मन्त्रालयको निर्णयले सिभिल प्रहरी बोर्डर केन्द्रित खटाउन नपाउने नियमको उल्लंघन गर्दै तस्करसँग मोटो रकम उठाउने गरेको आरोप प्रहरी उपरीक्षक कार्कीलाई लाग्दै आएको थियो।
२०८० फागुन २ गते मोरङ सरुवा भएका कार्की ८ महिनामै फिर्ता भएका हुन्। प्रहरीमा सामान्यतः एक वर्षमा मात्रै इन्चार्ज सरुवा हुन्छन्।
बिज्ञापन
उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बुलाई पठाइएको छ।