मन्त्री हेरफेरको तयारी गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । सत्ता समिकरण मिलाउन र प्रभावकारी कार्यसम्पादन नभएपछि केही मन्त्री फेर्ने गरी गृहकार्य शुरू भएको चर्चा चलेको छ ।

बिज्ञापन

मुख्यगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी, कांग्रेसबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, स्वास्थ्य मन्त्री प्रदीप पौडेलमाथी प्रश्न उठेपछि मन्त्री फेर्ने गरी गृहकार्य शुरू भएको चर्चा चलेको छ ।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालमाथि बाढी पहिरोपछिको विपत्तिमा आक्रामक ढंगले काम गर्न नसकेको आरोप छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारीमाथि पनि प्रश्न उठेको छ । सुकुम्बासीको समस्या समाधान, काठमाडौं उपत्यकाका नदी र खोला किनाराका जग्गाको ४०  मिटर मापदण्डबारे शुरूमै तदारुकता देखाएर काम नगरेको आरोप लागेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष